काठमाण्डु – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार बढेको छ ।
शेयर बजार नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर १ हजार ८६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।
बुधबार बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ८ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज बुधबार कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।
आज बुधबार ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको जनाइएको छ ।
प्रतिक्रिया