काठमाण्डु – शेयर बजार नेप्से परिसूचक २७.९० अंकले बढेको छ ।
बुधबार नेप्से बढेर २ हजार ५८ अंकमा उक्लिएको छ । पछिल्ला केही दिनयता नेप्से लगातार घटिरहेको थियो ।
आज कारोबारमा आएकामध्ये २०९ कम्पनीको शेयर मूल्य बढ्दा ३० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बुधबार ९६ हजार २५२ वटा कारोबारमार्फत १ करोड ५ लाख ४९८ कित्ता शेयर किनबेच भएका छन् । बुधबार शेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया