शेयर बजार ८.७१ अंकले घट्यो

शेयर बजार ८.७१ अंकले घट्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ ।

हप्तामा कारोबार हुने अन्तिम दिन बिहीबार नेप्सेमा ८.७१ अंकले गिरावट आएर २०४९.२८ विन्दुमा कायम भएको छ ।

बिहीबार ३०३ कम्पनीको शेयर कारोबार हुँदा ११३ कम्पनीका लगानीकर्ताले कमाउँदा १२८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने अन्य ५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

कालिका पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत गुमाएका छन् ।