काठमाण्डु – नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई खादा लगाई स्वागत गरे ।
एमालेमा प्रवेश गर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवी लगायत छन् ।
लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा एमालेमै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको बताए ।
प्रतिक्रिया