विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताउनुभएको छ ।

वीरगञ्जमा बिहीबार आयोजित नारायणी सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुह्लोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताउनुभयो ।

‘हाल २ खर्ब जति डिजेल र पेट्रोल आयात गरेर गाडी सञ्चालन गरेका छौं । त्यसलाई विद्युतीय गाडीले प्रतिस्थापन गर्छाै,’ कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, ‘४० अर्ब बराबरको ग्याँस ल्याएर खाना पकाएका छौं, त्यसलाई विद्युतीय चुह्लो प्रयोग गरेर प्रतिस्थापन गर्छाै । विद्युतको प्रयोगबाट ग्यास, डिजेल आयात प्रतिस्थापन गर्छाै ।’

उहाँले देश अब विकासको बहसमा केन्द्रीत भएको बताउनुभयो । ‘विगतमा आन्दोलनका लागि अन्तक्र्रिया र जमघट हुन्थ्यो । अब विकास, समृद्धि, घरघरमा रोजगारीका लागि हामी बहस गरिरहेका छौं । सिँचाइको बहस भएपछि यो समृद्धिको बहस हो ।’

नेपाली ५० लाख युवा विदेशमा रोजगारीमा रहेको बताउँदै मन्त्री पुनले स्वदेशमा रोजगारी सिर्जना गरेर युवालाई स्वदेश फर्काइने बताउनुभयो । ‘दुःख गरेर हुर्काउने, पढाउने र तयारी अवस्थाको जनशक्ति सस्तोमा विदेशीले प्रयोग गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘अब देशभित्र नै समृद्धि, औद्योगीकरण, रोजगारी सिर्जना गर्ने बाटोमा लागेका छौं । आज हामीलाई विकास र समृद्धिको बहस जरुरी छ ।’

दीगो विकास लक्ष्य पूरा गर्न आगामी सन् २०३० सम्म सबै नेपालीलाई आधुनिक, विद्युतीय उर्जाको पहुँचमा पु¥याउनुपर्ने भएपनि आगामी ३ वर्षमै विद्युत् विस्तार हुने गरी काम भइरहेको मन्त्री पुनले बताउनुभयो ।  विद्युत्को पहुँच विस्तारका लागि विभिन्न तहका सरकारले एउटै प्रतिवद्धताका साथ काम गर्नुपर्ने उहांको भनाई थियो । 

‘हामी केही वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिमा जान्छौं । यो दशकमा ९–१० प्रतिशतको हाराहारीमा आर्थिक बृद्धि हुनेछ । त्यसका लागि विद्युत् र सिँचाइको लक्ष्य निर्धारण गरेर योगदान गर्छाै,’ उहाँले भन्नुभयो, ‘आगामी १० वर्षमा कम्तिमा १० हजार मेगावाट हामीलाई चाहिने विद्युत्को बजार बनाउँछौं । औद्योगीकरण गर्छाै ।’

वर्षभर सिँचाइ योग्य संरचना निर्माण गरेर कृषिको उत्पादकत्व बढाइने मन्त्री पुनले बताउनुभयो । ‘अब संघले ठूला आयोजना गर्छ । प्रदेशले मझौला सिँचाइ र स्थानीय सरकारले साना आयोजना गर्छ,’ उहाँले भन्नुभयो, ‘कृषिमा दुईतिहाई जनता आवद्ध छन् । सबैलाई सिँचाइको पहुँचमा पु¥याउनुको अर्थ दुईतिहाई जनतालाई फाइदा पु¥याउनु हो ।’ 

संघीय सरकारले ठूला आयोजना बनाएर सिँचाइ सुविधा पु¥याउने योजना बनाएको उहाँले बताउनुभयो । ‘एक प्रदेश एक ऊर्जा मेगा आयोजना र एक प्रदेश बहुउद्देश्यीय सिँचाइ आयोजना निर्माण अगाडि बढाउन काम गरिरहेका छौं । बाह्रै महिना सिँचाइ योग्य क्षेत्रमा सुविधा पुर्याउन खोजेका छौं,’ उहाँले भन्नुभयो ।

सिँचाइ सुविधा विस्तार गरेर उत्पादकत्व बढाइने मन्त्री पुनको भनाई थियो । ‘तरकारी, माछा आयात गरिरहेका छौं, सिँचाइ सुविधा दिएर त्यसलाई विस्थापित गर्छाै । तरकारी, धान बाली उत्पादन गर्छाै । बजारीकरण हुन्छ, आधुनिक उत्पादन हुन्छ । यान्त्रीकरण पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘पचासौं लाख युवालाई देशभित्र ल्याउँछौं । युवालाई स्वरोजगार बनाउँछौं । गाउँमै परिवारसँग बसेर लाखौं कमाउन सक्ने र सम्मानित जीवन बिताउन सक्ने बनाउँछौं ।’