प्रधानसेनापति सिग्देल र चीनका राजदूत सङबीच भेट

प्रधानसेनापति सिग्देल र चीनका राजदूत सङबीच भेट


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच आइतबार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले भेटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।