काठमाण्डु- म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको हो । दुर्घटनामा पूर्णलालको घटनास्थलमै मृत्यु भएको…