अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाण्डु – अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा…