काठमाण्डु- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य बिग्रँदै गएको रिपोर्टका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनी चाँडै मर्ने टिप्पणी गरेका छन् । जेलेन्स्कीले पुटिन मरेपछि युक्रेन युद्ध समाप्त हुने पनि बताएका छन् । जेलेन्स्कीले बुधबार पेरिसमा युरोपेली पत्रकारहरूसँगको अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएका थिए । ‘पुटिन जीवनभर सत्तामा रहन चाहन्छन् । उनको महत्वाकांक्षा युक्रेनमा मात्र सीमित छैन,…