यस्तो कार लिएर भारत जाँदै डोनाल्ड ट्रम्प

यस्तो कार लिएर भारत जाँदै डोनाल्ड ट्रम्प


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २४ फेब्रुअरीमा दुई दिने भ्रमणमा भारत आउँदैछन् । यसका साथै उनको ‘द बिस्ट’ कार पनि भारत ल्याइन लागिएको छ ।

सुरक्षाको दृष्टिकोणबाट यो कार अत्यन्त बलियो रहेको छ । यो कार यती सुरक्षित छ कि ढोका बन्द भएको समयमा यसलाई रसायन हमला गर्दा पनि यो भित्र बसेका व्यक्तिलाई असर गर्दैन । २४ फेब्रुअरीमा गुजरातमा ओर्लिएपछि ट्रम्प सीधै ‘द बिस्ट’ कारबाट सरदार पेटेल स्टेडियम पुग्नेछन् ।

राष्ट्रपति ट्रम्पका लागि विशेष रुपमा २०१८ को २४ सेप्टेम्बरमा क्याडिल्याक कार ‘द बिस्ट’ सेवामा आएको हो । यो कारले पहिले प्रयोगमा आइरहेको क्याडिलिक वानलाई विस्थापित गरेको हो । जसको प्रयोग पूर्व राष्ट्रपति बाराक ओबामाले गर्दै आएका थिए । अमेरिकी राष्ट्रपतिको कारलाई पहिलो पटक १९१० मा प्रस्तुत गरिएको थियो । यसको १ दसकपछि तत्कालिन अमेरिकी राष्ट्रपति हर्बर्ट हुभरले आफ्नो पहिलो क्याडलिक कार प्रस्तुत गरेका थिए ।

ट्रम्प जुन ‘द बिस्ट’ कारमा सवार हुन्छन्, त्यसको लम्बाई २ स्पोर्ट युटिलिटी कारको बराबरी रहेको छ । राष्ट्रपतिको ‘बिस्ट’ कारलाई ट्रकको चेसिसबाट बनाइएको छ । जसले गर्दा यो कार गहंगो पार्टस तथा उपकरणको बोझ सजिलै सहन गर्न सक्ने किसिमको रहेको छ । कारको तल्लो भाग सुरक्षित राख्नका लागि चेसिसको तल पाँच इन्चको स्टील प्लेट राखिएको छ । यसमा बम विष्फोट तथा ल्यान्डमाइनले पनि असर गर्दैन ।

बिस्टको झ्याल सीसा र पोलिकार्बोनेटको पाँच तहबाट बानइएको छ । जसका कारण यसमा गोली पनि छिर्न सक्दैन । यसको झ्याल ड्राइभरपट्टि तीन इन्च मात्रै खुल्छ । ड्राइभरको क्याबिनमा उत्तम सञ्चार तथा जीपीएस ट्रयाकर राखिएको हुन्छ । यसको चक्कामा स्टीलको रिम राखिएको हुन्छ । यसले कारको चक्का पन्चर भएपछि पनि कारको गती घट्दैन ।

यो कारमा ८ इन्च लामो ढोका राखिएको हुन्छ । जसको वजन बोइङ ७५७ विमानको बराबरी रहेको छ । यस बिस्ट कारको ढोका एक पटक बन्द भएपछि यसमा कुनैपनि रसायको आक्रमणको कुनै असर पर्दैन । यो ढोका रासायनिक हमलाको समयमा इन्टेरियरलाई सील गर्न सक्छ ।

विभिन्न सुरक्षा व्यवस्था

सुरक्षाका लागि कारमा लुकाएक्ष्र पम्प एक्सन सर्टगन, टियर ग्यास क्यानोन राखिएको हुन्छ । कारको अघिल्लो हिस्सामा टियर ग्यास गेनेड लन्चर्स तथा रातमा देख्नका लागि नाइट भिजन क्यामेरा राखिएको हुन्छ । यसका साथै राष्ट्रपतिको रगत भएको ब्याग पनि कारमा राखिएको हुन्छ । यसले कुनै आपतकालिन स्थितिमा राष्ट्रपतिलाई रगतको आवश्यकता प¥यो भने प्राथमिक उपचार गर्न सकिन्छ ।

चालकलाई विशेष तालिम

कारका चालकलाई अमेरिकी गोप्य सेवाकोतर्फबाट तालिम दिइन्छ । उसले यो तालिमका माध्यमबाट कुनै पनि चुननैतीपूर्ण स्थितिमा कारलाई खतराको स्थानबाट टाढा लैजान सक्छन् । कारको इन्धन ट्यांकमा विष्फोट नहोस् भनेर यसका लागि विशेष किसिमको फोमले भरिएको हुन्छ ।

कारको पछिल्लो सीटमा स्याटलाईट फोन

काकरो पछिल्लो सीटमा स्याटलाईट फोन राखिएको हुन्छ । यो अमेरिकी उप राष्ट्रपति तथा पेन्टागनसँग सीधा जोडिएको हुन्छ । कारको पछिल्लो हिस्सामा राष्ट्रपनि ट्रम्प र अन्य ४ मानिस बस्न सक्छन् । यहाँ राखिएको सीसाले ड्राइभरको क्याबिन र राष्ट्रपतिलाई छुट्याउछ र यसलाई राष्ट्रपतिले मात्रै तल झार्न सक्छन् । कारको पछिल्लो भागमा एक प्यानिक बटन तथा आपतकालिन स्थितिसँग जुझ्नका लागि स्वतनत्र अक्सिजनको आपूर्ति गरिन्छ