शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा एसइईको निरीक्षण

शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा एसइईको निरीक्षण


काठमाडौं –शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबारबाट सुरु भएको एसइई परीक्षाको अनुगमन(निरीक्षण गरेका छन् ।

रत्नराज्य स्कूल मध्य बानेश्वर र आदर्श मावी ठिमी पुगेर उनले निरीक्षण गरेका हुन् । लेटर ग्रेडिङ सुरु गिरिराजले नै गरेका थिए । परीक्षाको निरीक्षणपछि शिक्षामन्त्री पोखरेलले शिक्षा भनेको पास फेलको चिन्ता भन्दा के सिके भन्ने हुनुपर्ने बताए । संघीय संरचनाले एसईई परीक्षा र कापी जाँच परीक्षाफलमा फरक नपर्ने र जिल्ला शिक्षा कार्यालय नरहने अवस्थामा संघीयतालाई फरक नपर्ने गरी कसरी व्यवस्थापन गर्ने बिषयमा छलफल गरीरहेको बताए ।

माध्यमिक विद्यालय पास गर्दा कम्तिमा एउटा सीप सिक्न सक्नुपर्नेमा जोड दिँदै शिक्षामन्त्री पोखरेलले भने परम्परागत शिक्षाले हुदैन । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी भएका छन् ।
जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन भएको जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खर पुग्ने काम जोकोहीले गरेमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
अर्को वर्षदेखि प्रदेशस्तरमा एसइई

अर्को वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डको १६ असार ०७३ को बैठकले गरिसकेको छ । शिक्षा मन्त्रालयको १८ कात्तिक ०७३ को निर्णयअनुसार गत वर्षदेखि कक्षा १० को परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) बनाइएको थियो ।