हराएका सामान फर्काउनेमा जापान विश्वकै पहिलो मुलुक

हराएका सामान फर्काउनेमा जापान विश्वकै पहिलो मुलुक


एजेन्सी – धेरैजसो मानिसका लागि आफ्नो पर्स हराउनु सामान्य नभएर ठूलो समस्या पनि हुन सक्छ । आजकलको समयमा हाम्रो पर्समा धेरै कार्ड, परिचय पत्र तथा अन्य महत्वपूर्ण दस्तावेज हुने गर्छ । यस्तो अवस्थामा पर्स हराउनुको ठूलै समस्या हो ।

यस्तो अवस्थामा तपाईलाई सबै कार्ड रद्ध गरेर नयाँ कार्ड बनाउनुपर्ने बाध्यता आउँन सक्छ । तर विश्वमा यस्तो एक सहर पनि छ जहाँ तपाईको पर्स हराएपनि आनन्दले बस्न सक्नु हुन्छ । किनकी तपाईंले उक्त आफ्नो पर्स फिर्ता पाउनुहुनेछ । त्यो सहरको नाम हो टोकियो । जापानको राजधानी टोकियोमा करिब डेढ करोड मानिस बस्छन् । प्रत्येक वर्ष यहाँ दसौं लाख सामान हराउँछ । तर यो मध्ये धेरैजसो सामान सम्बन्धित मालिकलाई फिर्ता आउने गर्छ ।

जापानमा प्रहरी
२०१८ मा टोकियो महानगर प्रहरीले ५ लाख ४५ हजार भन्दा बढी मानिसको हराएको परिचय पत्र फिर्ता गरेको थियो । यसैगरी हराएको मोबाइल फोनमा करिब ८३ प्रतिशत अर्थात १ लाख ३० हजार फोन यसको मालिकलाई फर्काइएको छ ।

यती मात्रै होइन टोकियोमा हराएको करिब ६५ प्रतिशत अर्थात २ लाख ४० हजार भन्दा बढी पर्स यसको मालिकलाई फर्काइएको छ । यो मध्ये धेरैजसो सामग्री हराएकै दिन फर्काइएको छ । अमेरिका बस्दै आएकि काजुको बेहरेनस जापानकी मुल निवासी हुन् ।

उनी भन्छिन्, “जब उनी अमेरिकाको सन फ्रान्सिस्कोमा बस्दै आएकि थिइन्, सहरको चाइना टाउनमा एक व्यक्तिको पर्स हराएको थियो । एक व्यक्तिले उनलाई पर्स फर्काएको थियो । यसको ठूलै चर्चा भएको थियो । पर्स फर्काउनेलाई इमान्दार व्यक्ति भएर उसको गुणगान गरिएको थियो ।

स्थानीय टिभी च्यानलमा उनको अन्तर्वार्ता लिनका लागि होडनै मच्चिएको थियो । काजुको भन्छिन्, “जापानीका लागि यो व्यवहार सामान्य हो । उनले पर्स फर्काउनुनै पर्दथ्यो । उनले किन यसो नगर्नु । जापानमा यदी कसैले हराएको पर्स भेट्टाएमा र फिर्ता नगरेमा यो अचम्म लाग्ने घटना हुनेछ ।”

तर जापानमा पर्स फिर्ता गर्दैमा यसको इनाम भने पाईंदैन । २०१८ मा फर्काइएको १ लाख ५६ हजार हराएका मोबाइल फोन मध्ये एक पनि पाउने व्यक्तिलाई दिइएको छैन । यो सरकारले आफुसँगै पनि राखेको छैन ।

हराएको फोन फेला परेपछि यो मध्ये १७ प्रतिशत उनीहरुको मालिकलाई दिन नसकिएकाले सबै मोबाइल फोन नष्ट गरिदिएको थियो ।जापानमा प्रहरी स्टेशन अत्यन्त कम दुरीमा रहेका छन् ।