यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंसहित देशभर आज (बुधबार) ७० औं प्रजातन्त्र दिवस मनाईंदै छ ।

१०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष फागुन ७ गतेका दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । काठमाडौंको टुँडिखेलमा आज एक विशेष समारोह आयोजना गरि प्रजातन्त्र दिवस मनाइएको छ ।

समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीति नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो ।

 

समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएनुका साथै सांसकृतिक झलकसहित झाँकी प्रस्तुत गरिएको थियो ।