एजेन्सी – भारी स्कुल ब्याग बोक्ने बालबालिका शारीरिक र मानसिक रुपमा बढी तन्दुरुस्त हुने गरेका छन् । अमेरिकन जर्नल अफ हेल्थ एजुकेशनमा प्रकाशित एक रिपोर्टमा यो दावी गरिएको हो । जुन बच्चाले भारी ब्याग उठाउँछन्, उनीहरुको पेट र ढाडको माशंपेशी धेरै बलियो हुने गरेको निश्कर्ष अध्ययनको छ । यसका कारण उनीहरु धेरै सक्रिय र स्वस्थ हुने गरेका छन् ।
ह्यूस्टनस्थित राइस युनिभर्सिटीले १२ देखि १७ वर्षका ६००० बच्चाको स्वास्थ्यमा गरेको अध्ययन अनुसार भारी सामग्री उठाउने बच्चाको विकास अन्य बच्चाको तुलनामा राम्रो हुने गर्छ । मेरुदण्ड विशेषज्ञका अमेरिकन शिरोप्राक्टिस एसोसिएसनले भनेको छ, “बच्चाको स्कुल ब्यागको भार उनीहरुको वजनको हिसाबबाट ५ देखि १० प्रतिशत हुनु आवश्यक छ ।”
अध्ययनमा सार्वजनिक स्कुलका विद्यार्थीले कर्ल–अप म्याट्रिक प्रदर्शन गरेका थिए । जसले पेटको शक्ति तथा यसको क्षमतको मापन गरिएको थियो । अध्ययनकर्ताले १३२ विद्यार्थीको दुई फरक–फरक समूह बनाएका थिए । एक समूहले आफ्नो वजनका अनुसार निर्धारित मापदण्ड अर्थात् १० प्रतिशत वजन उठाएका थिए । दोस्रो समूहले २५ प्रतिशतसम्म । यो प्रक्रिया लगभग २ महिनासम्म चलेको थियो । धेरै वजन उठाउने विद्यार्थी कम वजन उठाउने विद्यार्थीको तुलनामा धेरै तन्दुरुस्त भएको देखियो ।
आन्तरिक परिक्षणको परिणाममा पनि यो समूहले राम्रो प्रदर्शन गरे र उनीहरुको स्वास्थ्यको विषयम पनि कुनै गुनासो फेला परेन । जबकी कम वजन उठाउने विद्यार्थीको समूहका धेरै विद्यार्थीको मांसपेशी तन्कने गुनासो देखिएको थियो । मु्ख्य अध्ययनकर्ता लारा बाशिरीले भनिन्, “हामी यो अध्ययनको माध्यमबाट बच्चाको ब्यागको बोझ बढाउने सिफारिश गर्दैनौं । हामी यो बताउन चाहन्छौं कि धेरै वजनले बच्चालाई तन्दुरुस्त राख्न सक्छ । यसको कुनै हानी हुँदैन ।”
प्रतिक्रिया