एजेन्सी – कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार ११८ पुगेको छ । गत मंगलबार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो ।
बुधबारको दिन यस भाइरस संक्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या २ हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।
प्रतिक्रिया