अमेरिका–तालिबानबीच शान्ति सम्झौता हुँदै, अफगानबाट अमेरिकी सेना हट्ने

अमेरिका–तालिबानबीच शान्ति सम्झौता हुँदै, अफगानबाट अमेरिकी सेना हट्ने


एजेन्सी – अमेरिकी रक्षा मन्त्री माइक पोम्पियोले ट्वीट गरेर लामो समयपछि तालिबानसँग कुरा मिलेको बताएका छन् । यसबाट अफगानिस्तानमा हिंसा रोकिने पनि उनले बताएका छन् ।

अफगानिस्तानमा हिंसा रोक्नका लागि एक सम्झौतामा अमेरिका २९ फेब्रुअरीमा हस्ताक्षर गर्नका लागि तयार रहेको पनि उनले थपे ।

साउदी अरबको भ्रमणपछि अमेरिकी विदेश मन्त्री पोम्पियोले भने, ‘यो सहमतिको सफलतापूर्वक कार्यान्वयबाट अमेरिका–तालिबान बीच सम्झौतामा दस्तखतको दिशामा अगाडि बढ्ने आशा गरेका छौ । अमेरिका तथा तालिबानबीच कतारको राजधानी दोहामा यो सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।’

अफगानिस्तानमा विगत १८ वर्षदेपिख चलिरहेको संघर्षकाबीच तालिबानले दुवै पक्ष यो सहमतीको अत्यन्त नजिक पुगेको पुष्टि गरेको छ । सबै तयारीलाई एक अन्तिम रुप दिइएको पाकिस्तानमा एक तालिबानी सुत्रले बताएको छ ।

नेतृत्व परिषद शूराले तालिबान वार्ताकार अगाडि बढ्ने संकेत दिएको छ । भारत भ्रमणमा आउनु पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प पनि अमेरिका–तालिबानबीच छिट्टै सम्झौता हुने पक्षमा रहेका छन् ।

२२ फेब्रुअरीमा आंशिक संघर्ष बिराम सुरु

अफगानिस्तानका राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता जावेद फैसलले पनि अफगान सुरक्षा बल तथा अमेरिका–तालिबानबीचको हिंसामा पनि कमी आउने बताएका छन् । उनले २२ फेब्रुअरीदेखि हिंसामा कमी आउने दावी गरेका छन् ।

यो कमी १ साता सम्म रहने पनि उनले बताए । हिंसा पूर्ण रुपमा अन्त्य हुनका लागि समय लाग्ने पनि उनले बताए । आंशिक संघर्ष विराम शनिबारबाट सुरु हुने उनले बताए ।

अफगानिस्तानबाट अमेरिकी सेना हट्ने

अमेरिकाले १ वर्ष भन्दा बढीको अवधिदेखि तालिबानसँग वार्ता गरेर सम्झौताको प्रयास गरिरहेको छ । यस अनुसार तालिबानको सुरक्षा ग्यारेन्टीको बदलामा हजारौ सैनिकलाई हटाइने छ । यसपछि तालिबानले आफ्नो सुरक्षा बललााई नियन्त्रण गर्नेछ ।

यसको लगत्तै अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा रहेका १२–१३ हजार सैनिकबाट करिब आधा सैनिकलाई फिर्ता बोलाउने छ ।