ट्रम्पको भारत भ्रमणमा भारु डेढ अर्ब खर्च

ट्रम्पको भारत भ्रमणमा भारु डेढ अर्ब खर्च


नयाँ दिल्ली – अमेरिकी राष्ट्रपति अर्थात् विश्वकै शक्तिशाली व्यक्ति । उनको प्रत्येक सेकेन्ड र प्रत्येक कदममा विश्वको आखा रहेको हुन्छ ।

यस पटकको भारत भ्रमणमा पनि विश्वको आखा ट्रम्पतर्फ सोझिएको छ । यसको कारणमा उनी वासिङटनबाट १२ हजार किलोमीटरको दुरीमा रहेको भारतमा बस्ने ३६ घन्टाको हो ।

यो भ्रमणको तयारी पनि सोही किसिमको रहेको छ । ट्रम्प, पत्नी मेलानिया, छोरी इभांका र ज्वाई जेरेड कुशनरलाई प्रत्येक समय ५ टियर सुरक्षा घेरामा राखिनेछ ।

उनलाई मोटेरा स्टेडियमबाट एयरपोर्ट र आगरा विमानस्थलबाट ताजमहलसम्म जानका लागि विशेष हेलिकप्टर मरिन वन तथा विश्वकै उच्चतम सुरक्षा प्राप्त रहेको क्याडेलिक (बिस्ट) गाडीको प्रयोग गरिने भएको छ ।

अमेरिकाको प्रथम परिवारको सुरक्षाको पुरा जिम्मेवारी अमेरिकी सेक्रेट सर्भिसमा रहनेछ र उनीहरुसम्मको पहुँच केवल भारतीय सम्पर्क अधिकारीको मात्रै हुनेछ ।

दोस्रो चक्रमा एनएसजी, चेतक कमाण्डो, अर्ध सैनिक बल तथा अन्त्यमा बाहिरी सुरक्षाको रेखदेखको जिम्मेवारी गुजरात, उत्तर प्रदेश तथा दिल्ली प्रहरीको २५ हजार जवानको हुनेछ ।

ट्रम्पको प्रत्येक घन्टाको सुरक्षा करिब २ करोड १० लाख रुपैया र ३६ घन्टाको सुरक्षामा १ अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ ।

परमाणु बटनको निगरानी

उनी अमेरिकी सेनाको सर्वोच्च कमाण्डर पनि भएकाले सेनाका अधिकारी हरपल परमाणु बटनले सुसज्ति एक ब्रिफकेसका साथ उनलाई रेखदेख गरिरहेका हुनेछन् ।

ब्रिफकेसमा गोल्ड कार्ड रहनेछ । यसको प्रयोग गरेर राष्ट्रपति एक आपसमा कुनै पनि समय परमाणु हतियार लन्च गर्न सक्छन् । गोल्ड कार्डलाई अपारदर्शी प्लास्टिक कभरमा राखिन्छ । यसलाई हटाएपछि यसको प्रयोग सम्भव हुन्छ ।

ट्रम्प परिवार मंगलबार राती राष्ट्रपति कोभिन्दसँग रात्रिभोजमा संलग्न भएपछि फर्कने कार्यक्रम रहेको छ ।