बीबीसी – १९४५ को ६ अगस्टमा जापानको हिरोशिमामा पहिलो परमाणु बम खसालिएको थियो । परमाणु बमको विष्फोटपछि हिरोशिमाको १३ वर्ग किलोमीटर क्षेत्रमा विनास मच्चिएको थियो । एक पटकमा हजारौं मासिसको मृत्यू भएको थियो । यसबाट हुने नोक्सानीको अनुमान लगाइदै गर्दा जापानको अर्को सहर नागासाकीमा १९४५ को ९ अगस्टमा पनि अमेरिकाले परमाणु बम खसालेको थियो । यद्यपि नागासाकीमा परमाणु हमला गर्ने निर्णय गरिएको थिएन । तर, के कारणले यो सहर पनि निशानामा आयो ? १९४५ को ८ अगस्टको रात बितिसकेको थियो ।
अमेरिकी बमवर्षक बी–२९ सुपरपोर्टेक्स बक्समा एक बम राखिएको थियो । यो बम ठूलो खरभुजा जस्तो जस्तो थियो । यसको वजन ४०५० किलो थियो । बमको नाम फ्याट म्यान राखिएको थियो । यो अर्को बमको निशानामा थियो, जुन हो औद्योगिक नगर । यहाँ जापानको सबैभन्दा ठूलो र सबैभन्दा बढी गोला–बारुद बनाउने कारखाना थियो ।
बिहान ९ बजेर ५० मिनेटमा तल कोकुरा नगर देखिन थाल्यो । उक्त समयमा बी–२९ विमान ३१,००० फीटको उचाइमा उडिरहेको थियो । बम सोही उचाइबाट खसालिने तय भएको थियो । जब सहरमा बम खसाल्ने समय आयो, सहरमा धुवै धुवा रहेको थियो र तल विमानभेदी तोपमा आगो देखिएको थियो ।
बी–२९ को इन्धन ह्वात्तै घटिरहेको थियो । विमानमा केबल यती इन्धन बाँकि थियोकि जसका कारण विमान फिर्ता जानुपर्ने अवस्था आइसकेको थियो । यो अभियानका ग्रुप क्याप्टेन लियोनाई चेशरले पछि बताए, “मैले बिहान ९ बजे उडान सुरु गरे । जब हामी मुख्य निशानाामा पुग्यौ त्यहाँ बादल थियो । त्यसैले हामीलाई छोड्ने सन्देश प्राप्त भयो र हामी दोस्रो लक्ष्यतर्फ बढ्यौ । त्यो थियो नागासाकी ।”
चालक दलले बम खसाल्ने स्वचालित उपकरण चालु गरे र केही समयपछि बम तीव्र रुपमा धर्तीतर्फ जान थाल्यो । ५२ सेकेन्डसम्म झर्दै गरेपछि बम पृथ्वीको तल ५०० फुटको उचाइमा विष्फोट भयो ।घडीको समय ११ बजेर २ मिनेट गएको थियो । आगोको एक भीमकाय गोला च्याउको स्वरुपमा माथि उठ्यो । गोलाको आकार लगातार बढ्न थाल्यो र तीव्र रुपमा सबै सहरलाई लपेट्यो ।
नागसाकीको समुद्र तटमा तैरिरहेका डुंगा र बन्दर्गाहामा रहेका सबै डुंगामा आगो लाग्यो । वरपर रहेका कुनै पनि व्यक्तिलाई यो के भएको थियो भनेर भनक समेत भएन । किनकी यसको आभाष हुनु भन्दा पहिलेनै मानिसहरु मरिसकेका थिए ।
सहरको बाहिर केही बेलायती युद्धबनदी खानीमा काम गरिरहेका थिए । उनीहरु मध्येका एकले भने, “पुरै सहर निर्जन भइसकेको थियो । सहरमा पुरै सन्नाटा छाएको थियो । सबैतिर मानिसको लाशै लाश थियो । हामीलाई थाहा भइसकेको थियो कि केही असाधारण घटना भएको छ । मानिसको मुहार, हात–खुट्टा गलिरहेको थियो । हामीले यस परमाणु बमको बारेमा कहिलेपनि सुनेका थिएनौं ।”
नागासाकी सहर पहाडले घेरिएकाले केबल ६.७ वर्ग किलोमीटर क्षेत्रमा मात्रै विध्वंश मच्चिएको थियो । पछि गरिएको एक अनुमानका अनुसार हिरोशिमामा १ लाख ४० हजार मानिसको मृत्यू भएको थियो । जबकि नागासाकीमा भएको विष्फोतटमा करिब ७४ हजार मानिसको ज्यान गएको थियो ।
प्रतिक्रिया