भारतीय महिला प्रहरीः छोरालाई झुलामा हल्लाउँदै ट्रम्पको स्वागतमा व्यस्त

भारतीय महिला प्रहरीः छोरालाई झुलामा हल्लाउँदै ट्रम्पको स्वागतमा व्यस्त


एजेन्सी – गुजरातको बडोदार सहरको गोरवा प्रहरी थानामा रहेकी प्रहरीले एकसाथ कन्सटेबल र आमाको जिम्मेवारी निभाइरहेकि छन् । बडोदारकी महिला कन्सटेबल संगीता परमारलाई अहमदाबादमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा लागि तैनाथ गरिएको छ ।

उनको छोरा १ वर्षको छ । तर ड्यूटीमा खटिएको समयमा छोराले दुःख दिने गरेको उनले बताइन् । उनले भनिन्, ‘कयौं पटक उसलाई स्तनपान गराउन र अन्य खानेकुरा खुवाउन हैरान हुने गरेको छ । तर आफ्नो जिम्मेवारी पुरा गर्नका लागि कोशिश गर्छु ।’

संगीता परमारलाई १९ फेब्रुअरीमा उनलाई ट्रम्पको कार्यक्रमको बन्दोबस्तीका लागि अहमदाबाद जाने आदेश प्राप्त भएको थियो । आदेश प्राप्त भएपछि संगीताले प्रहरीका उच्च अधिकारीलाई १ वर्षको छोराको आँखामा संक्रमण भएको बताइन् ।

तर आफ्नो जिम्मेवारी सम्झेर उनले छोरालाई लिएर सोही रात अहमदावाद पुगिन् । यहाँ संगीताको तैनाथी रायचन्द नगर रोडमा रहेको छ । यही उनले छोराका लागि रुखमा कपडाको झुला बनाइन् ।

ड्यूटीका साथै उनी छोराको हेरबिचार पनि गर्दै आएकी छन् । ट्रम्पको कार्यक्रमका लागि बडोदराबाट ५०० प्रहरीकर्मीलाई बोलाइएको छ ।

बच्चाका लागि बनाइन् साडीको झुला

अहमदाबाद आएपछि संगीताले पहिला छोरालाई तैनाथी स्थलबाट २४ किलोमीटर साकेत गाउनमा एक नातेदारको राखिन् । एक दिन छोरालाई त्यही छोडिन् । उनी अझै सानोनै रहेका छन् ।

छोरालाई पटक–पटक दुध खुवाउनु पर्छ । म नभएकाले उ दिनभरी रोयो । यसपछि उनले छोरालाई साथै लगिन् । उनी यहाँ विहान ८ बजे आउँछिन् र राती ९ बजे फेरी जान्छिन् । उनले दुवै जिम्मेवारी निभाउने भरमग्दुर प्रयास गरेको बताइन् ।