ट्रम्पको भारत भ्रमणमा रक्षादेखि लगानीसम्मको सम्झौता

ट्रम्पको भारत भ्रमणमा रक्षादेखि लगानीसम्मको सम्झौता


एजेन्सी – अमेरिकी राष्ट्रपतिको भारत भ्रमण आजबाट सुरु हुँदैछ । विश्वकै शक्तिशाली नेताको स्वागतका लागि हिन्दुस्तान पनि तयारी देखिएको छ र अहमदाबादमा ठूलो कार्यक्रमको तयारी गरिँदैछ ।

डोनाल्ड ट्रम्पको यो पहिलो भारत भ्रमण हो । यस्तो अवस्थामा यो कार्यक्रमबाट ठूलै आशा गरिएको छ । यो भ्रमणको समयमा भारत र अमेरिकाले कैयौ ठूला सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो भ्रमणको समयमा द्विपक्षिय मुद्धाका साथै क्षेत्रीय विषयमा पनि चर्चा हुने अपेक्षा गरिएको छ । साथै व्यापार, लगानी, प्रतिरक्षा, सुरक्षा, आतंकवाद, उर्जा सुरक्षा, धार्मिक सुरक्षा, अफगानिस्तानको विषयमा पनि दुई नेताले कुराकानी गर्नेछन् ।

बौद्धिक सम्पत्ति अधिकार, व्यापार सहजीकरण, गृह सुरक्षा समेत पाँच विषयमा पनि दुवै नेताले कुराकानी गर्नेछन् ।

यो भ्रमणमा सबैको ध्यान प्रतिरक्षा सम्झौतमा रहेको छ । जसमा भारतले २४ वटा एमएच–६० रोमियो हेलिकप्टर किन्ने बिचार गरिरहेको छ ।

यदी यो सम्झौता भयो भने २।६ अर्ब डलरको हुनेछ । यसका अतिरिक्त भारतले अमेरिकाबाट ८० करोड डलरको ६ वटा एएच–६४–ई अपाचे हेलिकप्टर लिन किन्न सक्ने छ ।