काठमाडौं – अमेरिकी पत्रिका वासिङटन पोस्टले डोनाल्ड ट्रम्पको अहमदाबादको साबरमती आश्रममा दिइएको ब्रोकाउली समोसालाई प्रमुखताका साथ प्रस्तुत गरेको छ ।
पत्रिकाले लेखेको छ,‘ट्रम्पको भारत यात्राका लागि बनाइएको ब्रोकाउली समोसा कसैलाई पनि मन परेन र ट्रम्पले हातै लगाएनन् ।’
साबरमती आश्रममा ट्रम्पका लागि विशेषगरी एक समोसा बनाइएको थियो, जसमा आलू मटरको सट्टा ब्रोकाउली तथा मकैको मिश्रणको प्रयोग गरिएको थियो । तर ट्रम्पसहित अमेरिकाबाट आएका कसैले पनि यो समोसालाई छोएनन् ।
वासिङटन एग्जामिनर वेबसाइटले लेखेको छ,‘विश्वकै बढी जनसंख्या भएको लोकतन्त्रसँग सकारात्मकका साथ स्वागत गर्नु आवश्यक थियो । तर ट्रम्पले भारतलाई यस्तो देशको रुपमा हेरेका छन् कि जो वासिङटनको इच्छा अनुसार काम गरोस् । यो बुद्धिमानी कुरा होइन ।’
यसका साथै मोदीको अधिनायकवादी आन्तरिक नीति तथा विवादित क्षेत्र काश्मीरमा उनको सरकारकोको नीतिलाई मध्यनजर गर्दै अमेरिकी नीति भारतलाई हतियार बिक्री गर्नुको सट्टा उत्पादक व्यापारिक कुटनीति हुनु आवश्यक थियो ।
एमएसएनबीसीले आफ्नो रिपोर्टमा लेखेको छ कि केही राष्ट्रपति स्थानीय विद्यार्थीसँग संवाद गर्छन् र केही विदेश पत्रकारसँग अन्तर्वार्ता गरेर जवाफ दिन्छन् । तर डोनाल्ड ट्रम्पका लागि यो सामान्य चीज सही भएन । किनकी रिपब्लिकिन पार्टीसँग सम्बन्ध राख्ने ट्रम्पलाई नीति, संस्कृति तथा इतिहासमा कुनै रुची छैन ।
न्यूयोर्कबाट सञ्चालन हुने मीडिया क्वार्टजले आफ्नो रिपोर्टमा अहमदाबादमा बस्ती अगाडि बनाइएको पर्खाललाई प्राथमिकता दिएको थियो ।
रिपोर्टमा भनिएको छ,‘ट्रम्प–मोदीको रोड शोको बाटोमा रहेको एक बस्ती लुकाउनका लागि ४०० मीटरको दुरीसम्म चार पूmट अग्गो पर्खाल बनाइएको थियो ।’
वार्टजले यसलाई मानवियतामा ढाकछोप गरेको बताएको छ । पर्खालको पछाडि करिब ७०० कच्चा घर रहेको उल्लेख गरिएको छ ।
यहाँ सफाई, शौचालय , पानीको पाइपलपाइन र ढल व्यवस्थाको अभाव रहेको छ । बस्तीमा बस्ने एक महिलाले यसलाई अंग्रेजको गुलामी भएको बताएकी छन् ।
द एटलान्टिकले लेखेको छ,‘ट्रम्पले हिन्दीका केही शब्द बोल्ने कोशिश गरे । उनी जुन सहरमा गएका थिए, त्यसको नाम लिन पनि संकोच मानेका थिए । उनी जुन भीडका लागि भारत गएका थिए, त्यो उनलाई प्राप्त भयो ।’
प्रतिक्रिया