एजेन्सी – हामीले हवाइजहाजमा जन्मेको बच्चालाई जीवनकालभर निःशुल्क यात्राको व्यवस्था भएको पहिले पनि सुनेका छौं । तर बुक गरेकै सिट नपाएकोमा ठूलै क्षतिपूर्ति दिइएको समाचार पनि बाहिरिएको छ ।
अमेरिकाको युनाइटेड एयरलायन्सले बुक गरेकै सिट नपाएका यात्रुलाई ९० हजार डलर बराबरको क्षतिपूर्ति दिएको छ । शनिबार नेवार्कबाट हवाई जाने ९ जना यात्रुलाई उनीहरुले बुक गरेको बिजनेश क्लासको सिट दिन नसकेपछि १० हजार डलरका दरले ९० हजार डलर बराबरको क्षतिपूर्ति दिइएको हो ।
११ घण्टा लामो उडानमा युनाइटेड एयरलाइन्सले जहाज परिवर्तन गर्नुपरेपछि बुक गरेकै सिटहरु दिन नसकेको हो । त्यसको सट्टा माइलका रुपमा ९० हजार डलरको भौचर दिइएको हो । ती यात्रुहरुले आफुखुशी तल्लो श्रेणीको सिट स्वीकार्न तयार भएका थिए । उनीहरुलाई प्रिमियम प्लसमा राखिएको थियो ।
यात्रुहरुले सधै आफ्नो अधिकार थाहा पाउँदैननन् । जब उनीहरुलाई बुक गरेको सिट दिइदैन । यदि यात्रुहरुलाई एयरलाइन्सले उथलपुथल पारेमा क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहदै आएको छ ।
प्रतिक्रिया