भारत र अमेरिकाबीच १८ हजार ६२६ करोडको रक्षा सम्झौता

भारत र अमेरिकाबीच १८ हजार ६२६ करोडको रक्षा सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारत र अमेरिकाबीच २१ हजार करोड भारुको रक्षा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भएको भेटवार्तामा २१.५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको बताइएको छ ।

मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अहमदाबादमा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा राष्ट्रपति ट्रम्पले यसको घोषणा गरेका थिए ।

‘अमेरिका सन्तुलित व्यापार चाहन्छ । हामी इन्डो प्यासिफिक क्षेत्रलाई सुरक्षित राख्न प्रतिबद्ध छौँ । दुई देश आतंकवाद खतम गर्न सहकार्य गर्नेछ,’ ट्रम्पले भने, ‘जब मैले कारोबार सम्हाले, अमेरिकाको निर्यात बढेको छ, यसका लागि मोदीलाई धन्यवाद । मेरो कार्यकालमा भारसँग ६० प्रतिशतले व्यापार बढेको छ ।’

अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । २१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ । यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ ।

यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ ।

दुवै देशले आतंकवादलाई समाप्त गर्न साझेदारी गर्ने र पाकिस्तानमाथि थप दबाब बनाउने सहमति भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।