एजेन्सी – इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।
३० वर्ष इजिप्टमा शासन गरेका होस्नीको मङ्गलबार निधन भएको हो । उनको कायरोमा रहेको सेनाको अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । प्रदर्शनकारीको हत्या आरोपमा दोषी ठहर गर्दै उनलाई जन्मकैदको फैसला सुनाइएको थियो ।
तर पछि फैसला उल्ट्याँउदै सन् २०१७ मा उनलाई रिहा गरिएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उनी हवाइ सेनाका मार्सल थिए ।
प्रतिक्रिया