कोरोना भाइरसबाट इरानी सांसदको मृत्यु

कोरोना भाइरसबाट इरानी सांसदको मृत्यु


एजेन्सी – चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसका कारण इरानमा एक सांसदको मृत्यु भएको छ । इरानी सांसद मोहम्मद अली रमाजनी दस्तकको शनिबार कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

सांसदको मृत्युसँगै इरानमा ४३ जनाको मृत्यु भइसकेको छ । जुन चीनपछि उच्च मृत्यु संख्या इरानमा नै हो । साथै ५ सय ९३ जना संक्रमित छन् ।

इरानमा उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्तित्वमा कोरोना संक्रमण सरिसकेको छ । जसमध्ये पाँचजना सांसद छन् । पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ ।