प्रत्येक प्रदेशमा कार्यालय खाेल्ने तयारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रत्येक प्रदेशमा कार्यालय खाेल्ने तयारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग


काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको छ । आयोगले यसअघि रहेका क्षेत्रीय कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा विस्तार गर्न लागेको हो ।

संघीय संरचनाअनुसार आयोगको संरचना विस्तार गर्न प्रदेशस्तरमा कार्यालय स्थापना गर्न थालिएको प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए । अख्तियारले प्रदेश–१ को कार्यालय इटहरी, २ को बर्दिवास, ३ को हेटौँडा, प्रदेश–४ को पोखरा, ५ को बुटवल वा कोहलपुर राख्ने तयारी गरेको छ ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश–७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भएको मैनालीले जानकारी दिए । आयोगले २०७० सालमा पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।