उत्तर कोरियाद्वारा दुई मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा दुई मिसाइल प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाले सोमबार पूर्वी सागरमा छोटो दुरीको अज्ञात मिसाईल (प्रोजेक्टाइल) प्रहार गरेको छ । दक्षिण कोरियाको ज्वाइन्ट चीफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाकोतर्फबाट यो वर्षको सुरुमा नयाँ रणनीतिक हतियारको चेतावनी दिएपछि यो पहिलाे प्रक्षेपण रहेको बताएको छ ।

समाचार एजेन्सी योनहापले ज्वाइन्ट चीफ अफ स्टाफलाई उद्र्धृत गर्दै मिसाइललाई यसको पूर्वी तटको सहर वानसनमा रहेको क्षेत्रमा दिउँसो १२.३७ मा (स्थानीय समय अनुसार) प्रक्षेपण गरिएको जनाएको छ ।  उनका अनुसार दुई प्रोजेक्टाइलले लगभग २४० किलोमीटरको उडान भरेको थियो ।

जुन लगभग ३५ किलोमीटरको अधिकतम उचाइसम्म पुगेको थियो । उत्तर कोरियाले २८ फेब्रुअरीमा आफ्ना नेता किम जोङ उनको अवलोकनमा सैन्य अभ्यासको मंचन गरेको थियो । यसैलाई उद्र्धृत गर्दै जेसीएसले भनेको छ, “उत्तर कोरियाले आफ्नो संयुक्त स्ट्राइक ड्रिललाई जारी राखेको छ ।”

किम जोङ उनले यो लन्चको निरिक्षण गरे वा नगरेको तत्काल केही जानकारी दिइएको छैन । २०१९ को २८ नोभेम्बरपछि कम्युनिस्ट देसद्वारा गरेको यो पहिलो लन्च भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।

गत वर्ष अमेरिकासँग रोकिएको वार्तापछि उत्तर कोरियाले १३ पटक मिसाइलको परिक्षण गरिसकेको छ । आफ्नो नयाँ वर्षको अवसरमा सन्देश दिँदै उत्तर कोरियाले निकट भविष्यमा एक नयाँ रणनीतिक हतियारको प्रदर्शन गर्ने चेतवानी दिएको थियो ।