‘जनयुद्ध’ का पूर्वसहकर्मीलाई हराउदै प्रदेश २ को पहिलो महिला मेयर बनिन् रीना

‘जनयुद्ध’ का पूर्वसहकर्मीलाई हराउदै प्रदेश २ को पहिलो महिला मेयर बनिन् रीना


काठमाडौं–रौतहटको मौलापुर नगरपालिकाको मेयरमा रीना साह ‘कविता’ निर्वाचित भएकी छन्। रीना प्रदेश नम्बर २ को पहिलो महिला मेयरमा विजयी भएकी हुन्।

 

 

मन्त्री प्रभु साहकी पत्नी रीना माओवादी केन्द्रबाट चुनाव लडेकी थिइन्। उनी माओवादी केन्द्र जिल्ला कमिटी सदस्य हुन्।

 

 

रीना तीन हजार नौ सय ३३ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका रवीन्द्र पटेलले दुई हजार एक सय मत मात्र पाए.

 

 

रीना र रवीन्द्र ‘जनयुद्ध’ ताका सहकर्मी हुन््। पटेल माओवादी जनयुद्धका बेला जिल्लामा सक्रिय थिए। स्थानीय तह निर्वाचनमा भने माओवादीले टिकट नदिएपछि राजपातिर लागेका थिए।

 

 

 

 

मौलापुरको उपमेयरमा पनि माओवादी केन्द्रकै गौरिशंकरप्रसाद जयसवालले विजयी भएका छन्।

 

 

जयसवालले तीन हजार आठ सय ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक हजार ६ सय ५० मत प्राप्त गरे।