मेलम्ची बस दुर्घटनामा मृत्यु हुने अन्य दुईको पनि सनाखत, चार जनाको अवस्था गम्भिर

मेलम्ची बस दुर्घटनामा मृत्यु हुने अन्य दुईको पनि सनाखत, चार जनाको अवस्था गम्भिर


काठमाडौं- काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार (आज) दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएकाहरुको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजा, बाँसबारीकी ५१ वर्षीया तुलसा पराजुली र शिखरपुरका ६० वर्षीय खुमराज अधिकारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नंको बस दुर्घटना भएको थियो ।

बसमा सवार ३५ जनामध्ये १६ जना  घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।