‘सार्वजनिक शिक्षालाई धरापमा पार्ने’ शिक्षा ऐन संशोधनविरुद्ध विद्यार्थी संगठन आन्दोलित

‘सार्वजनिक शिक्षालाई धरापमा पार्ने’ शिक्षा ऐन संशोधनविरुद्ध विद्यार्थी संगठन आन्दोलित


काठमाडौं–प्रमुख ६ विद्यार्थी संगठनले व्यवस्थापिका संसदले मंगलबार मात्र पारित गरेको शिक्षा ऐनको नवौं संशोधन खारेजीको मागसहित आन्दोलनको घोषणा गरेका छन्।

 

 

संशोधित ऐनमा अब ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मात्र खुल्ला कोटावाट शिक्षकको पदपूर्ति गरिने प्रा कायम भएपछि यसको सर्वत्र विरोध भइरहेको छ। 

 

 

यसैक्रममा शिक्षा सेवा आयोग मार्फत शिक्षण सेवा प्रवेश गर्न चाहने हजारौं नवप्रवेसी विद्यार्थीको अधिकारमाथि वन्देज लगाएको आरोप लगाउदै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका हुन्।

 

 

घोषित पहिलो चरणको संघर्ष अन्तर्गत ६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने, ७ गते शीर्ष नेताहरूलाई ज्ञापनपत्र दिने र ८ गते देशभरका विद्यालयमा कालो झण्डा गाड्ने र सडक बहस समेत संचालन गर्ने विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

 

विज्ञप्तिमा नेविसंघका अध्यक्ष नैनसिंह महर,अनेरास्ववियुका अध्यक्ष नविना लामा,अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कप्लेश्वर यादव,अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल र अखिल (पाँचौ) का अध्यक्ष घनश्याम मिश्रले हस्ताक्षर गरेका छन्।

 

 

सो संशोधनप्रति ठाडो असहमति जनाउँदै उच्चस्तरिय शिक्षा आयोगका सदस्यहरू शिक्षाविद्द्वय केदारभक्त माथेमा र प्राडा मनप्रसाद वाग्लेले यअसघि आयोगबाट अलग हुने घोषणा गरिसकेका छन्।

 

 

यस्तो छ आन्दोलनको कार्यक्रम