एजेन्सी – चर्चित फुटबलर खेलाडी रोनाल्डो पक्राउ परेका छन् । ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन् ।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोनाल्डो बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन् । उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ ।
‘रोनाल्डोले नक्कली पासपोर्ट प्रयोग गरेका थिए । र, यो अपराध हो । त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं,’ पाराग्वेका आन्तरिक मामिला मन्त्री इयुक्लिडेस एचिभेटोले भनेका छन्, ‘खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ ।’
एचिभेटोले रोनाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन् ।
A suíte onde Ronaldinho Gaúcho está hospedado com seu irmão Assis foi revistada no Paraguai. As autoridades locais confirmam os supostos documentos falsos encontrados. As investigações estão em curso, ambos estão sob custódia e irão depor nas próximas horas #FutGloboCBN pic.twitter.com/S78jDqPuCc
— Renan Moura (@renanmouraglobo) March 5, 2020
प्रतिक्रिया