म्यानमारबाट सयौं रोहिंग्या मुस्लिम नेपाल प्रवेशः सरकार मुकदर्शक बन्यो

म्यानमारबाट सयौं रोहिंग्या मुस्लिम नेपाल प्रवेशः सरकार मुकदर्शक बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल–भारत खुला सीमाको फाइदा उठाउदै नेपाल प्रवेश गरेको पाइएको छ । म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका हुन् ।

 

 

 

रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ । सीमाबाट काठमाडौं आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जांच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयँं आगन्तुकलाई नेपाल–भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन् ।

 

कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारांै तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन् ।
कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन् ।

 

 

सुरुदेखि यहा बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ । मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ ।

 

 

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी (बोर्डर आउट पोस्ट)हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए ।
अन्नपुर्णबाट