काठमाडौं – संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. महेन्द्र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ ।
बुधबार बसेको समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गर्दै आजको मितिबाट १० दिनको म्यादभित्र पाण्डेविरुद्ध कुनै उजुरी भए दिन सकिने समितिले जनाएको छ ।
मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
१८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । सुनुवाई समितिले नाम अनुमोदन गरेपछि मात्र पाण्डे राजदूत नियुक्त हुने बाटो खुल्ने छ ।
प्रतिक्रिया