त्रिविको रेक्टरमा शिवलाल भुसाल नियुक्त

त्रिविको रेक्टरमा शिवलाल भुसाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानविकी संकायका विभागीय प्रमुख रहेका भुसाललाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् ।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले बिहीबार नै लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रारमा तिलक आचार्यलाई पनि नियुक्त गरेको जानकारी दिए ।