काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम गर्न लकडाउन गरेको आज दोस्रो दिन पुगेको छ ।
यो अवधिमा काठमाडौं उपत्यका सुनसान देखिएको छ । अस्पताल, क्लिनिक तथा डेरी पसल खुले पनि अन्य पसलहरु प्रायः बन्द छन् ।
सडकमा अत्यावश्यक बाहेकका अन्य सवारी साधनहरु चलेका छैनन् । अस्पताल, एम्बुलेन्स, प्रहरी, प्रेसका सवारी, खानेपानीलगायतका अत्यावश्यक बाहेकका अन्य सवारीसाधन चलेका छैनन् ।
तस्बीरः नारायण ढुंगाना
प्रतिक्रिया