सशस्त्र प्रहरी बलमा यसरी गरियो मौलोपूजा

सशस्त्र प्रहरी बलमा यसरी गरियो मौलोपूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं –देशको एक मात्र अर्ध सैनिक बल सशस्त्र प्रहरीले बलले बडादशैंको अवसरमा  निशान तथा मौलोपूजा सम्पन्न गरेको छ । बलको मुख्यालय हलचोकमा वैद्धिक विधिपूर्वक निशान तथा मौलोपूजा सम्पन्न गरिएको हो ।

 

 

सशस्त्रले प्रत्येक बर्ष दशैको अवसरमा निशान तथा मौलोपुजा गर्दै आएको छ । सशस्त्र मातहतका बाहिनी,गण र गुल्मले पनि महानवमीको अवसरमा मौलोपुजा गर्दै आएका छन् ।

 

 

मौलोपुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले पूजाअर्चना गरेका थिए । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरीका एआईजीहरु प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र नारायणबाबु थापा लगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना एवं मौलो परिक्रमा गरिएको थियो ।

 

 

 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको निशानमा पन्जाछाप समेत लगाएका थिए ।

 

 

सशस्त्र प्रहरी ब्याण्डको मंगलधुन बीच सुरु भएको मौलोपूजा कार्यक्रममा सशस्त्रको  टोलीले निशान भगवती सलामी अर्पण समेत गरेको थियो । महानिरीक्षक श्रेष्ठले पुजा ब्यवस्थापनमा उत्कृष्ट भुमिका निर्वाह गर्ने अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरेका थिए ।