एका बिहानै क्वाटर पुगेका म्यानपावर व्यवसायीलाई किन झपारे मन्त्री विष्टले !

एका बिहानै क्वाटर पुगेका म्यानपावर व्यवसायीलाई किन झपारे मन्त्री विष्टले !


काठमाडाैँ- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायी रामचन्द्र बललाई झपारेका छन् ।। ब्रिज स्काइ इन्टरनेसनलका अध्यक्ष बल वैदेशिक रोजगार विभागले हिजो छापा मारेर नियन्त्रणमा लिएका कागजपत्र छुटाइदिन भन्दै मन्त्री क्वाटर पुगेका थिए । विभागले हिजो छापा मारेको थियो ।

मन्त्री विष्टले हिजोका दिनमा म्यानपावरमा रहेको बिकृति अब रहन नदिने भन्दै बललाई त्यही अनुसार सतर्क रहन आग्रह गरे । आक्रोशित रुपमा प्रस्तुत भएका विष्टले भने, ‘सबैभन्दा पहिला गल्ती गर्ने एमालेका मान्छेलाई कारबाही गर्छु अनि मात्र अरु पार्टीकालाई गर्छु ।’

बुधबार सुकेधारास्थित मिराकल पार्टी प्यालेशमा म्यानपावरको अन्तर्वार्ता भएको थियो । पुर्व अनुमति नलिइ अन्तर्वार्ता लिइरहेको सुचना आएपछि विभागले छापा मारेको थियो । सुकेधाराको अलसाहिद म्यानपावरले फेब्रुअरीमा युएइका लागि ५० जनाको पुर्व स्वीकृति विभागबाट लिएको थियो ।

त्यही आधारमा ८५ जना साउदी लैजान भन्दै अन्तर्वार्ता भइरहेपछि छापा मारिएको थियो । अन्तर्वार्ता स्थलमा ब्रिज स्काइको नभएर अलसाहिदको फर्म बाँडिएको थियो ।