प्रतिआतंकबाद र संगठित अपराधलाई नियन्त्रण गर्न आपसी सहयोग आवश्यक–प्रहरी महानिरीक्षक अर्याल

प्रतिआतंकबाद र संगठित अपराधलाई नियन्त्रण गर्न आपसी सहयोग आवश्यक–प्रहरी महानिरीक्षक अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रहरी महानिरीक्षक प्रकाश अर्यालले  विश्वव्यापी चुनौतीको रुपमा रहेको प्रतिआतंकबाद र संगठित अपराधलाई नियन्त्रण गर्न आपसी सहयोग आवश्यकता रहेको बताएका छन् ।

 

चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका  अर्यालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै  महासभामा सदस्य राष्ट्रहरुबीच प्रतिआतंकबादर संगठित अपराध नियन्त्रणका उपाय, आपसी सहयोगको आवश्यकता र सहकार्यको विधिबारे छलफल भएको बताए ।  

 

 

 

महानिरीक्षक अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भाण्डारीसहित  असोज ७ मा चीन भ्रमणमा गएका थिए । महासभामा इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।  

 

 

 

 

अर्यालले वरिष्ठतामा दुई नम्बरमा रहेका एआईजी जयबहादुर चन्दलाई निमित्त आईजिपी जिम्मा नदिएको भन्दै उनको आलोचना भएको थियो ।  अर्यालले मुख्यालयमा कार्यरत एआईजी माधव जोशीलाई निमित्तको जिम्मेवारी दिएर चीन उडेका थिए ।

 

 

अर्याललाई स्वागत गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरु पुगेका थिए ।