असोजमै मोदी सुटुक्क नेपाल भ्रमणमा आउदै, यस्तो छ भ्रमणको कार्यतालिका

असोजमै मोदी सुटुक्क नेपाल भ्रमणमा आउदै, यस्तो छ भ्रमणको कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उच्च राजनितीक स्रोतले दिएको जानकारीअनुसार मोदी दुई दिने नेपाल भ्रमणमा आउने टुगों लागेको छ ।

 

 

 

 

 

भारतीय प्रधानमन्त्री मोदी अरुण –३ को शिलान्यास कार्यक्रममा सहभागी हुन् असोज २८ मा काठमाडौं पुग्ने कार्यक्रम छ । उनी मुक्तिनाथको दर्शन गर्न मुस्तांग जाने कार्यक्रम समेत रहेको परराष्ट्र स्रोतले बतायो ।

 

 

 

 

मोदीले असोज २८ र २९ गतेसम्म दुई दिनको नेपाल भ्रमण गर्नेछन् । सरकारले प्रदेश र संघको निर्वाचन घोषणा गरेकै वेला भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुनुलाई अर्थपुर्ण रूपमा हेरिएको छ । 


 

 


 दुई दिने नेपाल भ्रमणको क्रममा मोदीले  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत राजनीतिक दलका नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम  छ ।