यूएस बंगला विमान दुर्घटनामा घाइते प्रिन्सी धामीको मृत्यु

यूएस बंगला विमान दुर्घटनामा घाइते प्रिन्सी धामीको मृत्यु


काठमाडौं –यूएस बंगला विमान दुर्घटनामा घाइते भएकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको छ । भारतको नयांदिल्लीमा उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

७१ जना सवार विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा फागुन २८ गते दुर्घटना भएको थियो । बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर फर्किने क्रममा उक्त विमान दुर्घटनामा उनीसहित २२ जना घाइते भएका थिए । विमानमा सवार अन्य ४९ जनाको सोहि दिन नै मृत्यु भएको थियो । घाइतेको मृत्यु हुने क्रम जारी नै छ ।

घाइते २२ जना मध्य अहिलेसम्म धामीसहित ३ जनाको मृत्यु भइसकेको छ । अन्तिम संस्कारका लागि उनको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्त लक्षित केसीले जानकारी दिए ।