निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छः अध्यक्ष ओली

निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउनुभएको छ ।

अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उहाँले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बताउनुभयो ।

उहाँले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राख्नुभयो । “कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उहाँले भन्ननुभयो, “तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।”

उहाँले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे सङ्घर्ष गर्न पनि तयार रहेको धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिर्गान नसोच्न आग्रह गर्नुभयो । “अहिलेसम्म पुर्खाले देशलाई जोगाएका छन्”–उहाँले भन्नुभयो, “यो संसद् हामीले बनाएको हुनाले देशलाई तलमाथि हुन दिदैँनौँ ।”

उहाँले आफू देश र जनताका लागि लडिरहनु पर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताउनुभयो । “देशमा स्वाभीमान र थिचोमिचोका विरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ”–उहाँले भन्नुभयो, “यस्तो बेला चुप लागेर म राजनेता भएर बस्न सकिन्न । त्यसैले राजनेता हुने मलाई मन छैन ।”

उहाँले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तीकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो ।