माओवादी नेता गोपाल किरातीले प्रचण्डलाई थर्काए,विद्रोह गर्ने घोषणा

माओवादी नेता गोपाल किरातीले प्रचण्डलाई थर्काए,विद्रोह गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एमाले र माओवादी केन्द्रकोबीच पार्टी एकता गर्ने तयारी भइरहेकै बेला माओवादी केन्द्रका एक प्रभावशाली नेताले आफु एमालेमा नजाने घोषणा गरेका छन् ।

 

 

पार्टी मुख्यालय पेरिशडांडामा सोमबार बसेको सचिवालयको बैठकमा समेत माओवादी नेता गोपाल किरातीले बामपन्थी ध्रुविकरणको नाममा एमालेसंग पार्टी एकता गर्ने निर्णय सहि नभएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गरेका थिए ।

 

 

सचिवालयको बैठकमा किरातीसहित प्रभु शाह,रामचन्द्र झा,मणि थापा र मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावको विरोध गरेका थिए ।

 

 

 

नेता किरातीले माओवादीलाई नै पुनर्गठन गर्नुपर्ने धारणा बैठकमा राखेका थिए । उनले माओवादीलाई एमाले विलय गर्ने कुरा आफुलाई स्विकार्य नहुने भन्दै अध्यक्षको प्रस्तावको ठाडो विरोध गरेका थिए । बैठकमा आफ्नो धारणा राखेपछि किराती कार्यक्रममा जानुछ भन्दै बैठकस्थलबाट बाहिरीएका थिए ।

 

 

पुर्व मन्त्री समेत रहेका किरातीले एमालेलाई पहिचानविरोधी पार्टी भएको भन्दै उसको आलोचना गर्दै आएका छन् । उनले आफु कुनै पनि हालतमा एमालेसंगको एकताको पक्षमा नभएको बताए । ‘म एमालेमा जान्न,माओवादीलाई नै राष्ट्रिय शक्ति बनाउनतिर लाग्छु ।’  किरातीले भने ।

 

उनले काठमाडौंपाटीसंग भने – एमालेले माओवादको विचार र पहिचानको मुद्दा माने पार्टी एकता हुन्छ, नभए कसरी एकता हुन्छ ? एमालेले दुबै मुद्दा स्विकार नगर्ने उनको भनाई थियो । छलछाम र षडयन्त्र गरेर,भाषा मिलाएर पार्टी नेतृत्वले एकता गर्न खोजेको भन्दै उनले त्यसलाई आफुले ठाडैं अस्विकार गर्ने बताए ।