पाकिस्तानी सेनाका चारतारे जनरल किन आँउदै छन् नेपाल भ्रमणमा ?

पाकिस्तानी सेनाका चारतारे जनरल किन आँउदै छन् नेपाल भ्रमणमा ?


काठमाडौँ– मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले पाकिस्तानी सेनाका चारतारे जनरल जुबेर महमुद हयातलाई नेपाल भ्रमणमा निम्ताउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्कोे बैठकले पाकिस्तानी सेनाका दोस्रो बरियतामा रहेका चार तारे जनरल हयातलाई नेपाल भ्रमणको निम्तो दिन स्वृति दिएको हो ।

पाकिस्तानी सेनाको चेयरम्यान ज्वाईन्ट चिफ अफ स्टाफ कमिटी रहेका हयात श्रीमती, बालबच्चा र सैन्य अधिकारीसहित टोली लिएर नेपाल आउन लागेको हुन्।

क्षेत्रीय शक्ति सन्तुलन र सैन्य कुटनीतिमा प्रखर मानिने हयात पाकिस्तानको सैन्य परिवारका सदस्य हुन् । नेपालमा केपि ओली प्रधानमन्त्री भएपछि पाकिस्तानी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको हो । उनकाे वुवा पनि पाकिस्तानी सेनामा थिए ।