डेनमार्कका लागी नेपाल राजदूतले तीन महिनापछि ओहदाको प्रमाणपत्र पेश गरे

डेनमार्कका लागी नेपाल राजदूतले तीन महिनापछि ओहदाको प्रमाणपत्र पेश गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत युवनाथ लम्सालले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत नियुक्त भएको तीन महिनापछि लम्सालले यही असोज १३ मा डेनमार्ककी महारानी मार्गारेट द्वितीयासमक्ष राजधानी कोपेनहेगनस्थित फ्रिडेन्स्बर्ग राजप्रासादमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन ।

 

 

 

कोपनहेगनस्थित नेपाली राजदूतावासले सोमबार जारी गरेको  विज्ञप्तिअनुसार सो अवसरमा राजदूत लम्सालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महारानीलाई व्यक्तिगत सुख, स्वास्थ्यका साथै डेनमार्कका जनताका लागि प्रगति र समृद्धिको कामना पनि गरेका थिए ।

 

 

 

प्रमाणपत्र ग्रहण गर्दै महारानीले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई सुख, स्वास्थ्यको कामना गर्दै नेपाली जनताको शान्ति तथा समृद्धिको कामना गरेका थिए ।  सो अवसरमा उनीहरुबीच आपसी हितका विषयमा छोटो कुराकानीसमेत भएको दुताबासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।