माओवादी र एमाले आ–आफ्नै चुनाव चिन्हमा चुनाव लड्न सहमत

माओवादी र एमाले आ–आफ्नै चुनाव चिन्हमा चुनाव लड्न सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमती भएको छ । ललितपुरमा  मंगलवार भएको दुवै पार्टीका शिर्ष नेताहरुको छलफलमा चुनावी ताममेलसंगै पार्टी एकता गर्ने सहमति भएको हो ।

 

 

 

माओवादी र एमालेका नेताहरु आ–आफनै चुनाव चिन्हमा चुनाव लड्न समेत सहमत भएका छन् । एमालेको चुनाव चिन्हमा चुनाव लड्ने निर्णय भएपछि माओवादीमा कार्यकर्ताले त्यसको  चर्को विरोध गरेका थिए ।

 

 

दुवै दलका शिर्ष नेताको उपस्थितीमा आजै ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना हुन लागेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले बताए ।   एमाले र माओवादीका नेताबीच यसअघि नै सात बुदे सहमती भइसकेको छ ।

 

 

मंगलवारको छलफलमा औपचारीक रुपमा पार्टी एकता गर्ने सहमती बनेको छ भने  सात बुदे सहमतीमा केही बुदा समेत थप गरिएको छ । माओवादी र एमालेबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा चुनावी तालमेल गर्ने र चुनाव चिन्ह आ–आफनै लिएर निर्वाचनमा जाने सहमति भएको छ । सहमतिअनुसार प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

 

 

छलफलमा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम सहभागी थिए भने माओवादी केन्द्रबाट पार्टी अध्यक्ष प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।