प्रादेशिक अस्पताल भवनको शिलान्यास

प्रादेशिक अस्पताल भवनको शिलान्यास


पोखरा– नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ ।

नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालन गर्ने भएको हो ।

४ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक कमल सिंह बमले अस्पताल भवनको शनिबार यहाँ आयोजित एक कार्यक्रममा शिलान्यास गरे । कूल १९ लाख ८० हजारको लागतमा निर्माण गरिने छ कोठे ट्रष्ट भवनमा चार वटा श्ययासहित विभिन्न रोगको उपचार एवम् प्रयोगशाला, एक्स–रे, फार्मेसी लगायतका सुविधा रहने इन्जिनियर प्रहरी निरीक्षक सणदास ढकालले जानकारी दिए।