प्रधानमन्त्रीको गृहजिल्लामा कांग्रेसभित्र रडाको, नेविसंघ अध्यक्ष महरसहित १४ नेता कारबाहीमा

प्रधानमन्त्रीको गृहजिल्लामा कांग्रेसभित्र रडाको, नेविसंघ अध्यक्ष महरसहित १४ नेता कारबाहीमा


काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीभित्र रडाको मच्चिएको छ।

 

 

आन्तरिक कलहकैबीच कांग्रेस डडेल्धुराले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहितका १४ नेतालाई कारबाहीको सिफारिस गरेको छ।

 

 

मंगलबार पार्टीका जिल्ला सभापति र पूर्वसभापतिले छुट्टाछुट्टै गुट खडा गरी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका थिए।

 

 

 

तर, कांग्रेस डडेल्धुरा कार्य समितिको बुधबारको बैठकले नेविसंघका अध्यक्ष महरसहित सांसद नरभान कामी, भागेश्वर गाँउपालीका अध्यक्ष कौशिला भट्ट, कांग्रेस जिल्ला सचिव लक्ष्मीप्रसाद अवस्थी, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, कांग्रेस पूर्वजिल्ला सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्दराज बोहरा जिल्ला कार्य समिति सदस्यद्वय मान कुमारी थापा र पार्वती देवी झुकाल लगायत रहेका छन्।

 

 

पार्टीको विधान विपरित उम्मेदवार सिफारिस गरेकाले कारबाही गरिएको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले बताए।

 

 

मंगलबार कांग्रेस डडेल्धुराका पूर्वसभापति रघुबर भट्ट र वर्तमान सभापति मल्ल गुटले प्रदेश सभाको निर्वाचनका लागि छुट्टा छुट्टै सिफारिस पठाएका थिए। प्रतिनिधिसभाका लागि भने दुबै गुटले सभापति देउवाको नाम सिफारिस गरेका थिए।