वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि


बेलायत– झण्डै दुई हप्ता अगाडि देह त्याग भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो ।

उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरेका थिए । निजी रुपमा गरिएको उनको अन्त्येष्टि समारोहमा उनका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए ।

यही मार्च १४ का दिन उनको निधन भएपनि झण्डै दुई हप्तापछि उनको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । १९४२ जनवरी ८ मा जन्मिएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।

१९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उनलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए । शारीरिक अवस्था एकदम कमजोर भए पनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उनलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ । (रासस/सिन्ह्वा)