काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार कंगो र दक्षिणी सुडानमा जाने भएका छन् । उनी शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाहरुको अवस्था बुझ्न जाने भएका हुन् ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोली अवस्था बुझ्न सेनापति क्षत्री त्यसतर्फ जाने भएका हुन् । हिंसाग्रस्त यी दुवै देशमा नेपाली सेनाको टोली खटिएको छ ।
भ्रमणका क्रममा क्षत्रीले राष्ट्र संघीय मिसनमा खटिएका विभिन्न देशका सैनिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । क्षत्री चैत २७ मा काठमाडौँ फर्किने सैनिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया