२०७५ सालमा हुने बिदाको सूचि सार्वजनिक, हेर्नुस् कहिले-कहिले छ बिदा?

२०७५ सालमा हुने बिदाको सूचि सार्वजनिक, हेर्नुस् कहिले-कहिले छ बिदा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-२०७५ सालको बिदाको सूचि सार्वजनिक भएको छ ।

सरकारले आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो ।

शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा बिदा हुनेछ ।  सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा छ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ र तिहार बिदा कात्तिक २१, २२ र २३ गते छ । असोज २३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा छ ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा छुट्टाइएको छ । मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा छ ।

मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि बिदा दिइनेछ ।

बुद्ध जयन्ती,उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।